• Sun. Mar 16th, 2025

Global Darpan

News & Media Website

Change of Name of Mulpani Cricket Ground

ByGlobal Darpan

Jul 1, 2023

काठमाडौँ। मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको हो ।

क्यानले क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेरको हो ।

गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।

लामो समयदेखि बन्न्न सुरु भए पनि अझै पुरा नभएको सो खेल मैदानलाई पूर्णता दिन सरकारले सहयोग प्रदान गरेको छ ।